३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज : नवीन आवाज प्रालि कोहलपुरद्वारा सञ्चालित कर्णाली २४ डट कमले आफ्ना सहकर्मीको क्षमता अभिवृद्धि गर्न अनलाइनमा तीन दिने आधारभूत पत्रकारिता तालिम दिएको छ ।
तालिममा सञ्चार, आमसञ्चार, पत्रकारिता, समाचार, समाचार लेखन, फोटो र पत्रकार आचार संहिताका विषयका सैद्धान्तिक र व्यवहारिक अभ्यासका विषयमा केन्द्रीत रहेको थियो । तालिम समापनका अवसरमा बर्दियाको मधुवन नगरपालिकाबाट सहभागी सनिश थारु र रामपुर नगरपालिका पाल्पाकी सरु हमालले आफूले सिकेको पत्रकारिताको व्यवसायिक सीपलाई व्यवहारमा उतार्ने बताएका थिए । कर्णाली २४ का सम्पादक सुब्बा मगर र प्रशान्त आचार्यले सहकर्मीहरुका लागि आगामी दिनमा समेत पत्रकारिताका एड्भान्स तालिम आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए । अन्नपूर्ण पोस्ट् दैनिकका उप-सम्पादक शंकरप्रसाद खनाल प्रशिक्षक रहेको तालिममा बाँके, बर्दिया, सुर्खेत, मुगु, हेटौंडा र पाल्पाका २० जनाको सहभागिता रहेको थियो ।