बाँकेका ४ जना पत्रकारलाई सम्मान
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले बाँकेका ४ जना पत्रकारलाई सम्मान गरेको छ ।
उपमहानगरपालिकाले वडा नंं. १० र १२ लाई बालविवाह मुक्त वडा घोषणा गर्न शनिबार आयोजना गरेको कार्यक्रममा बालविवाह रोकथाम र न्यूनिकरणमा योगदान गरेको भन्दै हिमालय टेलिभिजनका संवाददाता कृष्ण अधिकारी, रेडियो नेपालका संवाददाता नवीन गिरी, नागरिक दैनिकका संवाददाता अर्जुन ओली र कृष्णसारकर्मी माया अधिकारीलाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव, उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सम्मान गरेका हुन् । कार्यक्रममा बालविवाह रोकथाम तथा न्यूनिकरणमा योगदान गर्ने प्रहरी, प्रशासनसहित ३ दर्जन संंघसंस्थालाई पनि सम्मान गरिएको थियो ।








