नेपालगन्ज बालविवाह मुक्त वडा घोषणा गर्ने ५औं स्थानीय तह


नेपालगन्ज : बाँकेमा नेपालगन्ज उपमहानगरपालिका जिल्लामा बालविवाह मुक्त वडा घोषणा गर्ने ५औं स्थानीय तह भएको छ ।
यसअघि बाँकेको खजुरा, बैजनाथ, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकाका वडाहरु यसघघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले वडा नंं. १० र १२ लाई शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा उपमहानगरपालिकाको बाल अधिकार समिति संयोजक उपप्रमुख उमा थापा मगरको उपस्थितिमा वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत र वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदीले वडालाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको थियो । अबको केही दिनभित्रै नेपालगन्जको वडा नं. १ र २ लाई पनि बालविवाह मुक्त वडा घोषणाको तयारी भइरहेको छ ।