शसस्त्र प्रहरीको खक्रौलास्थित नवनिर्मित भवन आगलागीबाट पूर्ण क्षति

मानबहादुर ठकुल्ला । टीकापुर
सशस्त्र प्रहरी बलको खक्रौला विओपीको नवनिर्मित भवन आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ ।
कैलालीको टीकापुर नगरपालिका ८ खक्रौला स्थित शसस्त्र प्रहरी बल बिओपीको नव निर्मित भवनमा बिहीबार बिहान ११ बजेतिर आगलागी भएको प्रहरी निरीक्षक पदम भट्टले जानकारी दिए । प्रिफाइब प्रविधिबाट निर्मित भवन पूर्ण रुपमा नष्ट भएको बिओपीले जनाएको छ । केन्द्र सरकाररको करिब ७२ लाखको लागतमा निर्माण सम्पन्न भइ एक साताभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको ओम बुद्ध केशव जेभी कम्पनीका साइट इन्चार्ज हेमन्त सिंहले बताए । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको सिहले दाबी गरे। आगलागी कसरी भएको भन्नेबारे कुनै एकिन गर्न नसकिएको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले कार्की बताउँछन् । निर्मार्ण स्थलमा न त बत्ती जडान गरिएको छ न त विद्युत सम्बन्धी काम नै भएको छ । आगलागीबारे अनुसन्धान गर्न जरुरी रहेको टीकापुर नगरपालिका का प्रमुख तपेन्द्र रावलले माग गरेका छन् ।