बालविवाहविरुद्ध कलम चलाउने बाँकेका ४ जना पत्रकारलाई सम्मान
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले बालविवाहविरुद्ध कलम चलाउने बाँकेका ४ जना पत्रकारलाई सम्मान गरेको छ ।
बिहीबार नेपालगन्जमा आयोजित नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ र २ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके शाखा सदस्य भीष्म लोध, सदभाव दैनिक तथा सेतोखरी डटकमका सह-सम्पादक विजय मल्ल ठकुरी र नेपालगन्जको प्रभात घोषणा दैनिकका संवाददाता सलामल अलि शेषलाई सम्मान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा।धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरलगायतले पत्रकारलाई सम्मान गरेका हुन् । बालविवाह रोकथामका लागि योगदान गर्ने पत्रकारसँगै विभिन्न ३ दर्जन सामाजिक संघसंस्थालाई सम्मान गरिएको थियोे ।
नेपालगन्ज १ र २ लाई बालविवाह मुक्त घोषणा
नेपालगन्ज उपमहानगरपालिका वडा नं १ र २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख डा. धवलशमशेर राणा र उपप्रमुख उमा थापा मगरको उपस्थितिमा वडा नं. १ का अध्यक्ष अध्यक्ष प्रमोद रिजाल र वडा २ का अध्यक्ष सुनिलसिंह हमालले आआफ्नो वडालाई स्याक नेपालको बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापाले नेपालगन्ज २ मा बालविवाहको अवस्थाबारे अध्ययनको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेको आर्थिक सहयोगमा बालविवाह मुक्त वडा घोषणा गर्न नगरमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरिएको छ । केही दिन अघि नेपालगन्जका वडा १० र १२ पनि बालविवाह मुक्त वडा घोषित भएका थिए ।