भेरी अस्पतालमा बर्दियाका २ जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणवाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । बर्दियाको ठाकुरवावा नगरपालिका ४ का ६३ बर्षिय महिला र राजापुर नगरपालिका १० का ६५ बर्षिय पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार असार २५ गते संक्रमण पुष्टि भएर उपचारका लागि भेरीमा भर्ना भएकी ठाकुरबाबा ४ की महिलाको गएराती पौने १० बजे मृत्यु भएको हो ।
त्यस्तै राजापुर नगरपालिका–१० का ६५ बर्षिय पुरुषको पनि उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । असार २६ गते अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गएराती साढे ११ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।
योसँगै बाँकेका अस्पतालमा उपचारका लागि अन्य जिल्लाबाट आएका ३ सय ७० जनाको मृत्यु भएको छ भने बाँकेका ३ सय ११ जनाले समेत कोरोना संक्रमणवाट ज्यान गुमाएका छन ।