बर्दियामा लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

गुलरिया : बर्दियामा लागूऔषध (ब्राउन सुगर)सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकैको सडकबाट गुलरिया ४ का २१ वर्षका सन्तोष भट्टराई र वडा नं.७ का २२ वर्षका अर्जुन सुनारलाई ९३० मिलिग्राम लागूऔषध (ब्राउन सुगर)सहित पक्राउ गरिएको हो ।
उनीहरुलाई बिहीबार शंकास्पद रुपमा हिडडुल गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज बाँके र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी खानतलासी गर्दा उक्त परिमाणमा ब्राउन सुगर फेला परेको हो । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।