हात्तीको २ वटा दाँतसहित ३ जना पक्राउ

नेपालगन्ज : हात्तीको दुई वटा दाँतसहित प्रहरीले बाँकेमा तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका वडा नं. ६ सम्झना चोकमा अवैध वन्यजन्तुको अंगको खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा हिँडिरहेका दाङको बबई गाउँपालिका ५ का ५० वर्षका दिलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका ३ का ८५ वर्षका टीकाराम सुनार र ४८ वर्षका धनबहादुर सुनारलाई झोलाभित्र सेतो प्लाष्टिकले बेरेर राखेको हात्तीको दाँतसहित नियन्त्रणमा लिएकोे हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।