बाँसगढीमा ५ शैयाको नगर अस्पताल सञ्चालन

बाँसगढी : बर्दियाको बाँसगढी नगरपालिकाले पाँच शैयाको नगर अस्पताल सञ्चालनमा गरेको छ ।
बाँसगढी नगरपालिका र एसओएसद्वारा सञ्चालित अस्पतालको बिहीबार नगर प्रमुख शालिकराम अधिकारी उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा नगर प्रमुख अधिकारीले एसओएस अस्पतालको स्वामित्व नगरपालिकाले लिँदै ५ शैयाको अस्पताल सुरु गरेको बताए । उनले हाल एसओएस अस्पतालले सेवा प्रवाह गरिरहेको सेवालाई अझै विस्तार गर्दै नगर अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको सेवा आमनागरिकले सर्वसुलभ तरिकाले लिनसक्ने जानकारी दिए । कार्यक्रममा स्वागत गर्दै नगर उपप्रमुख सुष्मा चौधरीले २५ शैयाको अस्पताल निर्माण भइरहेको बताउँदै एसओएसलाई थप व्यवस्थापन गर्दै नगर अस्पतालको रुपमा अघि बढाउने बताइन् ।