बढ्दै संक्रमण : बाँकेका १३, बर्दियाका २३ सहित ४८ जनामा कोरोना

नेपालगन्ज : बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार जिल्लाका तीनवटा प्रयोगशालामा २ सय ७ जनाको परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो ।
परीक्षण भएका मध्ये भेरी अस्पतालको कोरोना प्रयोगशालामा एक सय नौ नमूना परीक्षण गर्दा ३२, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४९ नमूना परीक्षण गर्दा १० र बागेश्वरी प्रयोगशालामा ४९ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी बर्दियाका २३ जना रहेका छन् भने बाँकेका १३, दाङका ७ र अन्य जिल्लाका ५ जना रहेका छन् ।
कोरोना संक्रमणको तेस्रो लहरको चेतावनी दिइरहेका बेला पछिल्लो समय बाँके र बर्दियामा कोरोना संक्रमण बढ्न थालेको छ । बजारमा स्वास्थ्य मापदण्ड पालनामा भएको लापरबाहीले दैनिक रुपमा संक्रमण बढ्न थालेको हो ।