कोरोना संक्रमणका कारण बर्दियाका दुईजनाको मृत्यु
नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना भाइरस संक्रमणवाट बर्दियाका थप दुईजनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा गुलरिया नगरपालिका ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका २ का ५२ वर्षीय पुरुष रहेका छन । श्रावण ९ गते पीसीआर गरिएका गुलरियाका पुरुषलाई कोभिड पुष्टि भएपछि थप उपचारका लागि श्रावन ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार राती साढे १० बजे मृत्यु भएको हो । त्यस्तै श्रावन २० गते संक्रमण पुष्टि भएर सोही दिन भेरी अस्पतालमा भर्ना गरिएका बारबर्दियाका पुरुषको आज बिहान ७ बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिए ।
यो सँगै कोरोना संक्रमणका हालसम्म उपचारका लागि अन्य जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३ सय ८३ जनाको मृत्यु भएको छ ।