बागेश्वरी मन्दिरमा भक्तजनको लर्को (फोटो फिचर)

कोरोनाको कहरमा अघिल्लो वर्षभन्दा कमि आएपछि यो वर्ष बागेश्वरी मन्दिर पूजा गर्न खुला गरिएको छ ।
नेपाली नारीहरुको महान चाड तीजको अवसरमा पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बिहानैदेखि भक्तजन लाइन लागेर मन्दिरमा पूजाआजा गरिरहेका छन् । मन्दिरमा मास्क लगाएरै भक्तजन पुगेका हुन् । मन्दिरमा अघिल्ला वर्ष जस्तो भीँड भने थिएन । मन्दिरभित्र पूजा गर्नेहरुलाई उत्तरतिर लाइन लगाइएको छ ।