बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गर्न आएका ४०५ जनाको मृत्यु

नेपालगन्ज : बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गर्न आएकामध्ये बुधबार साँझसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार मंगलबार राति र बुधबार बिहान एक एक जनाको मृत्यु भएसँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट मृत्यु हुनेको संख्या चार सय पाँच पुगेको हो । ९ भदौमा कोरोना पुष्टि भएका त्रिवेणी गाउँपालिका-६ रुकुम पश्चिमका पुरुषको मंगलबार राति १० बजे र २० भदौमा कोरोना पुष्टि भइ भेरीमा भर्ना भएका भेरीगंगा नगरपालिका-१३ सुर्खेतका पुरुष बुधबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *