मधेश मिडिया मिशन नेपाल बाँकेको अध्यक्षमा त्रिपाठी

नेपालगन्ज : अवधी पत्रकार संघ बाँके शाखाबाट राजिनामा दिएका पत्रकार चन्द्रेश्वर त्रिपाठी मधेश मिडिया मिशन नेपाल बाँके शाखाको अध्यक्ष चयन भएका छन् ।

केही दिन अघि अवधी पत्रकार बाँकेको अध्यक्ष पदबाट राजिनामा दिएका त्रिपाठी शनिबार नेपालगन्जमा सम्पन्न मधेश मिडियाको भेलाबाट सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्ष मनोजकुमार कौशल, सचिव सन्ध्या शर्मा र कोषाध्यक्ष चन्दा सिंह चयन भएका छन् । कार्य समिति सदस्यमा समीर अली, शुभम् शर्मा, आकाश गुप्ता, शकिल अहमद राई र अशोककुमार मौर्य चयन भएको त्रिपाठीले जानकारी दिए । सचिव निर्वाचित शर्मा पनि संघको केन्द्रीय कोषाध्यक्ष र सिंह केन्द्रीय सदस्य हुन्

नेपाल पत्रकार महासंघ लुुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कशौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, अवधी साँस्कृतिक प्रतिष्ठानका बिष्णुलाल कुमाललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।