चार महिने तालिमपछि ३१ योगगुरु दीक्षित

नेपालगन्ज : योग समिति नेपालले ३१ जना योगगुरुलाई दीक्षित गरेको छ ।
समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको दिक्षान्त समारोहमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र योग समिति नेपालका अध्यक्ष गिरिराज शर्माले सहभागीहरुलाई योगगुरुको प्रमाणपत्र प्रदान गरेका हुन् । नगर प्रमुख राणाले स्थानीयले चाहेमा नेपालगन्जका सबै वडामा योग गर्ने हलको व्यवस्था गरिने प्रतिबद्धता जनाएका थिए ।