आमाको निधनपछि बिमितको घरमैै पुगेर बिमा रकम भुक्तानी

नेपालगन्ज : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँकेको खजुरा गाउँपालिकाको वडा नं. ४ की सुनितादेवी अहिरको मृत्युपछि छोरा सुनिल यादवलाई डेढ लाख रुपैयाँको चेक घरमै पुगेर हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सका नेपालगन्जस्थित मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुली, सहायक विकास अधिकृत प्रेम विसी, व्यवसाय प्रबन्धक अनिलकुमार यादव तथा वडा सदस्य कमाल खाँले मृतक यादवका छोरा सुनिललाई शुक्रबार खजुराकोे उढरापुरस्थित गाउँकै घरमा पुगेर एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यादवले छोेराको शिक्षाका लागि एक लाख ५० हजार रुपैयाँ विमांक रहेको १५ वर्षे बाल अमृत विमा गरेकी थिइन् । ३ किस्ता मात्र भुक्तानी गरेपछि प्रस्तावक आमाको मृत्यु भएको थियो । अब बिमाको प्रिमियम नतिरे पनि चालु रहने र१५ वर्ष पूरा भएपछि एक लाख ५० हजार विमांक रकम र वोनस गरी ३ लाख रुपैयाँ सुनिल यादवलाई भुक्तानी दिने मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुलीले प्रष्ट पारिन् ।

यसअघि पनि पराजुलीले नेपालगन्ज १७ का कुँवारे धोबी र जानकी गाउँपालिका २ का गोडिया काँदुको पनि बाल अमृत बिमाको भुक्तानी पराजुलीले घरमै पुगेर भुक्तानी गरेकी थिइन् । १६ वर्षदेखि बाँके र बर्दियामा बिमाको कारोबारमा संलग्न पराजुली अहिलेसम्म ३ हजार पाँच सय जना विमितलाई सेवा दिएको बताउँछिन् ।