८ हात्तीले गरे, बर्दिया राष्ट्रिय निकुञ्जमा ३० मिनेट राजमार्ग अवरुद्ध

 

र्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सडक अवरुद्ध गर्दै हात्तीको बथान । फोटो सौजन्य : निराजन चौधरी

भुरिगाउँ (बर्दिया) : पूर्व–पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ८ वटा हात्तीले आइतबार झन्डै २० मिनेट सडक अवरुद्ध गरेका छन् ।
भुरिगाउँबाट टीकापुरको यात्रामा रहेकी कौशल्याकुमारी खनालका अनुसार दिउँसो ४ बजेतिर हात्तीले झन्डै एक दर्जन भन्दा बढी गाडीलाई आधा घण्टा सडक अवरुद्ध गरेका थिए । उनले भनिन्, ‘चार वटा माउ हात्ती र चार वटा बच्चा थिए । राजमार्ग बीचमा आएपछि दुबै साइडमा गाडी अवरुद्ध भएको थियो । हात्तीको बथानले आफै निकुञ्जतिर गएको थियो । हामीले यात्रा गरिरहँदा हात्तीले परबाट हेरिरहेका थिए ।’ हात्तीको बथानदेखेपछि यात्रीहरुले फोटो र भिडियो खिचेका थिए । राजविराजबाट अत्तरिया जाँदै गरेका अर्का यात्रु निराजन चौधरीले भने, ‘२५ देखि ३० मिनेट जाममा परियो । दुबैतिर गाडीहरु जाममा परे । बीचमा हात्ती र हात्तीका बच्चा थिए ।’ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्ती र पाटे बाघका कारण पटक पटक राजमार्ग अवरुद्ध हुने गरेको छ ।