बागेश्वरी मन्दिरमा ११ हजार द्वीप प्रज्ज्वलन गरिँदै

पूजा वैश्य । नेपालगन्ज
जय सियाराम युवा क्लब नेपालगन्जले बागेश्वरी मन्दिरमा महाद्वीप प्रज्ज्वलन गर्ने भएको छ ।
तिहारको अवसरमा आगामी १६ कार्तिक धनवन्तरी जयन्ती (धन्तेरसं को दिन बागेश्वरी मन्दिरमा ११ हजार दियो प्रज्ज्वलन गरेर महादिपोत्सव मनाइने क्लबका अध्यक्ष सुशील साहुले बताए । महादिपोत्सवको दिन मध्यान्न १२ बजेदेखि रामायणको सुन्दरकाण्ड पाठ हुनेछ । उक्त पाठ समापन भएपछि साँझ ५ बजेदेखि महाद्वीप प्रज्ज्वलन गरिनेछ । हिन्दु सनातन धर्मका देवता रामले वनवासको अवधि समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ । दीपावलीको अवसर पारेर राम भगवानको भव्य शोभायात्रामा गरिने जनाइएको छ । माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला क्लबले १५ कार्तिकको साँझ ५ बजे श्रीराजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगरदेखि सुरु गरी बजार परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गरिनेछ । राम भगवानको शोभायात्रामा ठूलो जनसहभागिता गराउने लक्ष्य छ ।