बाँकेमा २ लाखको अबैध पटाका बरामद गरि नष्ट

नेपालगन्ज : बाँके प्रहरीले २ लाख रुपैया बराबरको अवैध पटाका बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी बाँके तथा मातहत प्रहरी ईकाईहरुले बिभिन्न मितिमा अबैध रुपमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ भित्र्याउने क्रममा बरामद गरीएको पटाका नष्ट गरेको हो । मंगलवार स्थानिय प्रतिनिधीहरु, पत्रकार लगायतको रोहबरमा जिल्ला प्रहरी कार्यालय बाँकेको कम्पाउण्डमा नष्ट गरीएको बाँके प्रहरीले जानकारी दिएको छ ।