नेपालगन्ज उपमहानगरपालिकाका आधा पसल व्यवसायमा दर्ता बिना नै सञ्चालन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका आधा भन्दा बढी पसल व्यवसाय दर्ता नगरेरै सञ्चालन भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले सोमबार नेपालगन्जमा सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा दिइएको जानकारी अनुसार नगरमा रहेका ७ हजार १८७ पसल व्यवसायमध्ये आधा दर्ता बिना नै सञ्चालन भएका छन् । कार्यक्रममा नगर प्रमुख डा.धवलशम्शेर राणाले नगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रबर्द्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको बताए । उनले भने, ‘अहिले पाइलट प्रोजेक्टको रुपमा काम सुरु भइसकेको छ । चाँडै सम्झौता गरेर कार्यक्रम सञ्चालन हुनेछ ।’ जस अन्तर्गत च्याउ पकेट क्षेत्र, प्रांगारिक वा जैविक मल उत्पादन प्रबद्र्धन कार्यक्रमलगायत हुनेछन् ।