ठकुल्ला सेवा समाजको दोश्रो साधारणसभा सम्पन्न

मानबहादुर ठकुल्ला । टीकापुर
एकीकृत ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको कैलालीको टीकापुर नगरपालिका वडा न १ मा कार्यालय रहेको छ । संस्थाका कोषाध्यक्ष कुबेर ठकुल्लाले आर्थिक वर्ष ०७७/७८ को १ लाख ७८हजार छ सय पचासी रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षता र संविधानसभा सदस्य हरिश ठकुल्ला प्रमुख अतिथि रहेको साधारणसभामा सितल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्व ठकुल्ला, राष्ट्रिय उच्च माध्यमिक विद्यालय सुख्खडका अध्यक्ष खकेन्द्र ठकुल्ला, टीकापुर नगरपालिका वडा न ८ का वडाअध्यक्ष दीर्घबहादुर ठकुल्ला, सामजसेवी भक्तबहादुर ठकुल्ला, वेदकोट नगरपालिका तिलक ठकुल्लालगायतले सभा सफलताको कामना गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै ७ जनालाई दोसल्लासहित सम्मान गरिएको थियो ।