लागूऔषध मुद्दामा ४ वर्ष १० महिना कैद सजाय

नेपालगन्ज : लागूऔषध मुद्दामा बाँके जिल्ला अदालतले ४ वर्ष १० महिना १४ दिन कैद सजायको फैसला भएका मुद्दाका फरार प्रतिवादी बाँकेको खजुरा गाउँपालिका ३ का वर्ष २३ को शिशिर श्रेष्ठ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले गत आइतबार राति पक्राउ गरेर बाँके जिल्ला अदालतमा बुझाइएको जिप्रका बाँकेले जनाएको छ ।