डुडुवा-५ पनि बालविवाह मुक्त वडा घोषणा

बाँकेको डुडुवा ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिँदै । फोटो सौजन्य : सोम गुरुङ

कम्दी : बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ५ पनि बालविवाह मुक्त वडा घोषणा भएको छ । यो वडा डुडुवा गाउँपालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषढाा भएको हो । जिल्लामा बालविवाह मुक्त घोषणा भएको यो २४औं वडा हो ।
मंगलबार एक समारोहका बीच वडाध्यक्ष पर्शुराम बुढाथोकीले बालविवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई वालविवाह मुक्त घोषणा गरिएको थियो ।
कार्यक्रममा कांग्रेसका वडा सभापति बेलबहादुर बोहरा, जनता समाजवादी पार्टी, क्षेत्र नं.२ का सभापति सूर्यलाल यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, स्वास्थ्य चौकीका इन्चाज वीरबहादुर पुन, इलाका प्रहरी कार्याल, कम्दीका इन्चार्ज गोपालप्रसाद शर्मा, किशोरी क्लब तथा बाल क्लबका पदाधिकारी लगायत सम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो । सो अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने सामाजिक संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।