मन्त्री अथकद्वारा महिला क्रिकेट एकेडेमी शिलान्यास, दौड उद्घाटन र खेल संरचना अनुगमन

नेपालगन्ज : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले तीन दिने गृह जिल्ला बसाइँमा खेलका महत्वपूर्ण इभेन्टमा सहभागी भएका छन् ।
राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गर्न ३ मंसिरमा बाँके आएका मन्त्री अथकले ४ गते बिहान नेपालगन्ज म्याराथनको उद्घाटन गरे । ५ गते कोहलपुर नगरपालिका वडा नं. ११ को प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा महिला क्रिकेट एकेडेमीको शिलान्यास गरे । मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गरेका थिए । एक अर्ब २२ करोड लागत अनुमान गरिएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल सञ्चालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरिने मन्त्री अथकले प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको तीन दिने बसाइँका क्रममा मन्त्री अथकले विभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाउँदै सोमबार काठमाडौं फर्केका छन् ।