कोरोनाको खोप लगाउन पोशाकमै विद्यार्थी

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोनाविरुद्धको फाइजर खोप मंगलबार बिहान ८ बजेदेखि लगाउन सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार १२ देखि १७ वर्ष उमेर समूहलाई खोप लगाइएको छ । बिहानदेखि खोप लगाउन सुरु भएपछि पोशाकमै विद्यार्थी भेरी अस्पताल पुगेका थिए ।

श्रेष्ठले भने, ‘एक हजार जनालाई लगाउने हो । जो छिटो आउँछ । उसले लगाउन पाउँछ ।’ श्रेष्ठका अनुसार खोप लगाउन १२ देखि १७ वर्ष उमेर खुल्ने जन्मदर्ताको प्रमाण वा विद्यालयको परिचयपत्र आवश्यक पर्छ ।