नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएशनको अध्यक्षमा जोशी

नेपालगन्ज: नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएशन (एनईए) को अध्यक्षमा विष्णु जोशी चयन भएका छन ।

शनिवार कोहलपुरको खड्कवारमा चिरिन्जीवी ओलीको अध्यक्षतामा भएको एशोसिएशनको तेस्रो अधिवेशनवाट जोशी सर्वसम्मत अध्यक्ष चयन भएका हुन । उनी यसअघि  महासचिव थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको वस्तुगत संघको रुपमा रहेको एशोसिएशनको उपाध्यक्षमा जाहागिर मुसलमान र महासचिब विमालकान्त गुप्ता चयन भएका छन । एशोसियसनको सचिवमा सत्यनारायण वैश्य र कोषाध्यक्ष सुमन खरेल चुनिए । सदस्यहरुमा अरुण श्रेष्ठ, एन्थस के. सी, महेन्द्र थापा, डम्बर राना, कमल बोहरा, राजेन्द्र सोनी, सुशील ठठेर, र रामवृक्ष बहेलिया सर्वसम्मत चुनिएका छन् । एशोसिएशन अन्तगर्त कुल एक सय ५४ जना सदस्यहरु रहेका छन ।