फोनिज बाँकेको अध्यक्षमा थारु

नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु निर्वाचित भएका छन् ।
फोनिज बाँके शाखाको शनिबार नेपालगन्जमा सम्पन्न छैठौं अधिवेशनले थारुको नेतृत्वमा १० जना कार्यसमितिलाई सर्वसम्मत् रुपमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष सोम गुरुङ, सचिव लक्ष्मी चौधरी, सहसचिव सुमन श्रेष्ठ र कोषाध्यक्ष दीपक राई निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अशोक थापा, सुविता थारु, रुपा चौधरी, सुष्मा श्रेष्ठ, मस्तीराम चौधरी चयन भएका छन् । ३ सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।