प्याब्सन बाँकेको अध्यक्षमा रावत निर्वाचित

  1. नेपालगन्ज : प्याब्सन बाँकेको अध्यक्षमा यम रावत निर्वाचित भएका छन् ।
    प्याब्सन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ, सह-सचिव लक्ष्मणबहादुर सिंह, कोषाध्यक्ष नारायण दत्त, सह-कोषाध्याक्ष नरेन्द्रकुमार झा चयन भएका छन् ।सदस्यहरुमा लक्ष्मी गुप्ता, दिपकुमार गुप्ता, प्रविन गिरी, गणेश रुचाल, सहेन्द्र चौधरी, अब्दुल गफ्फार खाँ, ओपेन्द्र केसी, ठगीराम दमाई पनि सर्वसम्मत चयन भएका छन् ।