युवकलाई रुखमा बाँधेर टाउको छिनाएर हत्या !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा एक जना युवकलाई रुखमा घाँटी बाँधेर टाउको छिनालेर हत्या गरिएको छ ।
शुक्रबार साँझ करिब ५ बजेतिर घरबाट साथी कहाँ जान्छु भनेर घरबाट निस्किएका जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अर्जुन दासको शव शनिबार बिहान टाउको छेदन गरेर अमरावती सामुदायिक वनमा रुखमा बाँधेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । हात रूख पछाडि रूमालले बाँधेको र टाउको छिनालेर घुँडानेर राखिएको टाउको बिनाको मुर्कुटा जस्तो अवस्थामा शव फेला परेको थियो । उनको हत्या किन र कस्ले गर्को हो भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा हत्याका अभियुक्तलाई पक्राउ गर्न माग गर्दै शव उठाउन दिएका छैनन् । मृतक दासका श्रीमती, २ छोराछोरी छन्। उनका आमाबुबा कामका लागि भारत गएका छन् ।