अर्जुन दास हत्या प्रकरण : मृतकका परिवारले लास बुझेनन्

मानबहादुर ठकुल्ला । टीकापुर

घाँटी छिनालेर हत्या गरिएका अर्जुन दासका हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन गर्नुका साथै इलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । टीकापुरकाे कान्छीबजार बाट सुरु भएको बिराेध -याली बजार परिक्रमा गर्दै इलाका प्रशासनमा ज्ञापन पत्र बुझाएर खड्क चाेकमा काेणसभा गरिएकाे थियाे । काेण सभामा परिवारका आफन्तले अपराधी पक्राउ नपरेसम्म मृतकाे लास नबुझ्ने बताएका छन ।भाेली जानकी गाउपालिकाका सबै वडा कार्यालय बन्द गराउने र गाउपालिकामा धर्ना दिएर बिराेध गर्ने कार्यक्रम रहेकाे समेत जनाएको छ । ‘हत्या हिंसा बन्द गर, हत्यारालाई फाँसी दे’ लगायत नाराबाजी सहित प्रदर्शन गरेका छन् । जानकी गाउपालिका –९ का २५ वर्षका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दासको शव पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाले अमरावती सामुदायिक वनमा देखेका थिए । सामुदायिक वनको करीब १ किलोमिटर भित्र दासको विभत्स र क्रुर ढंगले हत्या गरिएको थियो । उनलाई रुखमा बाँधेर नग्न बनाइ घाँटी छिनालेर हत्या गरिएको थियो । यसैबीच प्रहरीले १ जनालाई पक्राउ गरेकाे छ तर पक्राउ गरिएका व्यक्तिलाई हालसम्म सार्वजनिक गरेको छैन ।