निजामति कर्मचारी नेपालगन्ज नगर समितिको अध्यक्षमा बस्नेत

नेपालगन्ज : नेपाल निजामति कर्मचारी युनियन नेपालगन्ज नगर समितिको अध्यक्षमा जागेश्वर बस्नेत चयन भएका छन् ।

समितिको  उपाध्यक्ष निवेशकुमार शर्मा, महिला उपाध्यक्ष दर्लामी, सचिव लक्ष्मी  गौडेल र कोषाध्यक्षमा आरती चौधरी चयन भएका छन् । सदस्यहरुमा वीरबहादुर थापा, पवन बुढा, मनोज रिजाल, सुदेश केसी, मालती बाल्मिकी, राजनकुमार थापा, धनकुमारी पुन र मोहन शर्मा  रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका उप-प्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यमा कार्य समिति चयन गरिएको हो ।