कल्भर्टमा ठाेकिएर साइकल यात्रीकाे मृत्युु

टीकापुर : कैलालीको टीकापुर नगरपालिका वडा न ७ बैदीस्थित हुलाकी सडक खण्डकाे झरनामा रहेकाे कल्भर्टमा ठाेकिएर एक जनाकाे मृत्यु भएकाे छ । भजनी नगरपालिका वडा न ८ काँढाढीकका ५६ वर्षिय साँधुराम डगाैराकाे बुधबार मृत्यु भएकाे प्रहरी चाैकीका इन्चार्ज चंकबहादुर कठायतले जानकारी दिए ।
बुधबार साँझ वडाको पदमपुरबाट ( आफन्तकाे घर ) घरमा ( भजनी-८ काँडाढिक) जाने क्रममा उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शीकाे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का गरि पाेष्टमार्टमका लागि टीकापुर अस्पताल इलाका प्रहरी कार्यालय टीकापुरले लिँदै गरेको प्रहरी चाैकी सत्तीका इन्चार्ज कठायतले जानकारी दिए ।