बाँकेमा ठूलो परिमाणमा लागूऔषधसहित एक पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा कैलाली लम्की चुहा नगरपालिका–४ का २४ वर्षिय कर्ण बोगटीलाई चार सय ३५ टयाब्लेट लागूऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बोगटीका साथबाट फेनिरामाइल एभिल दुई सय १५ वटा, नाइट्रोभेट १० वटा, ट्रामाडोल दुई सय १० वटा गरी जम्मा ४३५ वटा बरामद गरेको हो । बोगटीलाई बरामद गरिएको लागूऔषधसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।