हराएका भनिएका ६१ प्रतिशत फेला परेनन्

सञ्चारकर्मी माझ धारणा राख्दै माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइराला । फोटो सौजन्य : भीष्म लोध

नेपालगन्ज : माइती नेपाल नेपालगन्जमा हराएको भनेर निवेदन दिएकामध्ये ६१ प्रतिशत व्यक्ति फेला परेका छैनन् ।
जिल्लाका सञ्चारकर्मीबीच शुक्रबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाले दिएको जानकारी अनुसार ५२५ जना हराएको भनेर दिएको निवेदनमा २०३ जना मात्र फेला परेको जानकारी दिए । ३२२ जना फेला पर्न सकेनन् । जुन कूल निवेदनको ६१.३३ प्रतिशत हो ।
माइती नेपालले नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्दार गरिएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्दार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ । पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको कोइरालाले बताए । एक वर्षमा अवधिमा संस्थाले ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको जनाएको छ ।