बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलका उडान प्रभावित

नेपालगन्ज : केही दिन देखिको बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित भएका छन् ।

खराब मौसमका कारण भिजिविलिटी (दृश्य क्षमता) कम भएपछि मंगलवार देखि कुनैपनि उडान नभएको नेपालगन्ज विमानस्थलले जनाएको छ । ‘हिजो बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी कम भएका कारण विमानस्थलका कुनैपनि उडान हुनसकेनन’ नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झा ले भने । आज बुधबार बिहान ९ः३० बजे सम्मको अवस्था हेर्दा आजपनि उडान हुन सक्ने अवस्था कम भएको र मौसममा सुधार आए अपरान्ह सम्म हुनसक्ने नेपालगन्ज विमानस्थलको भनाई छ ।
नेपालगन्जबाट दैनिक ५० भन्दा बढी आन्तरिक उडान हुने गरेका छन ।