सामुदायिक सहकारीको २१औं वार्षिक साधारणसभा सम्पन्न

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको टीकापुर नगरपालिका–७ स्थित सामुदायिक सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष हरिकुमार कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रणबहादुर रावल, टीकापुर नगरपालिका– ६ का वडा अध्यक्ष बलिराम चौधरी, वडा न ७ का वडा अध्यक्ष रामलाल डगौरा थारु, वडा न ९ का वडा अध्यक्ष लौटन चौधरी, सहकारीका उपाध्यक्ष दीपक साउँद, पूर्व गाविस अध्यक्षद्वय जंगबहादुर साउँद र फकिरसिंह कडायत, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डम्मर घर्तीमगर ,सत्ती कृषि सहकारी संस्थाका अध्यक्ष खड्कप्रसाद भण्डारी, सत्ती–कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनसिंह साउँद ,खानेपानी सरसफाइ समन्वय समितिका अध्यक्ष चिरञ्जीवी खनाल, धर्म घर्ती, टोपबहादुर केसी, जितराम चौधरी, जगवीर शाह, पत्रकार भीम विकलगायतले ले सहकारीको सफलताको कामना गरेका थिए ।
सहकारीले साधारणसभामा सहकारीले ४ उत्कृष्ट बचतकर्ता, ६ उत्कृष्ट ऋणी , २ जना किसान, लघु कर्जाबाट १ जना , जेष्ठ नागरिक ७ जना जेहेन्दार विद्यार्थी ३ जनालाई सम्मान गरेको थियो । २०५७ सालमा स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ११ करोड ६८ लाख ९५ हजार ८४१ निक्षेप संकलन गरेकोमा ६० लाख १० हजार ५ सय ९६ मुनाफा गर्न सफल भएको छ । हाल यस सहकारीमा महिला ५७५ जना र पुरुष ११०५ जना गरि १६८० जना शेयर सदस्य रहेका छन ।