पाटे बाघको आक्रमणबाट राप्तीसोनारीमा फेरि अर्की महिलाको मृत्यु
रमेशकुमार यादव । सिधनवा (बाँके)
पाटे बाघको आक्रमणबाट बाँकेमा फेरि एक जना महिलाको मृत्यु भएको छ ।
राप्तीसोनरी गाउँपालिका–६ सिधानवा गाउँकी २८ वर्षीया चाँदनी थारुको शनिबार बिहान १० बजे मृत्यु भएको हो ।
सिद्धेश्वर समुदायिक वनमा एक छोरा र एक छोरीसहित दाउरा लिन गएकी थारुको बाघले आक्रमणबाट मृत्यु भएको मृतकका दाजु ओमराज चौधरीले जानकारी दिए । दुई दिनअघि मात्र राप्तीसोनारी–४ मा एक जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । सामुदायिक वनमा पाटे बाघको आतंक बढेपछि स्थानीय त्रासमा छन् । राप्ती सोनारी–७ का दुर्गा पान्डेले भने, ‘पशु चराउन, घाँसदाउरा लिन जाने महिलाहरु बाघको आक्रमणबाट मृत्यु भइरहेको छ । नरैनापुर गाउँपालिकाले झैं ग्यास र चुलो राप्तीसोनरी गाउँपालिकाले समेत बाँडेर महिलालाई बाघ आक्रमणबाट जोगाउन सकिन्छ कि ?’