जमुनाहा नाकामा एन्टिजिन परीक्षणको ६ प्रतिशतमा कोरोना पुष्टि, शनिबार मात्र ४६ संक्रमित थपिए

नेपालगन्ज : बाँकेको जमुनाहा नाकामा भारतबाट आउने व्यक्तिमा दिनदिनै कोरोना पुष्टि हुने दर बढ्दै गएको छ ।
कोभिड संकट १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार शनिबार अहिलेसम्मकै सबैभन्दा उच्च ४६ जनामा कोरोना पुष्टि भएको थियो । जमुनाहा नाकामा एन्टिजिनबाट शनिबार ७६६ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ३२ पुरुष र १४ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । जुन एक दिनको परीक्षणको ६ प्रतिशत संक्रमण पुष्टि हुन आउँछ । सोमबार १०, मंगलबार र बुधबार पाँच पाँच, बिहीबार २७ र शुक्रबार ३७ जनामा कोरोना पुष्टि भएको थियो ।