जमुनाहा हेल्थ डेस्क र बाँकेमा ३ प्रयोगशालामा गरी जिल्लामा एकैदिन ६७ जनामा कोरोना पुष्टि !

नेपालगन्ज : बाँकेमा आइतबार एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जमुनाहा नाकामा आइतबार ७८० जनाको एन्टिजिनबाट कोेरोना परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । त्यसैगरी जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टामा बाँके जिल्लाका तीन वटा प्रयोगशालामा १३३ जनाको नमूना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ४६ नमूना परीक्षण गर्दा २४ जना, मेडिकल कलेज कोहलपुरमा ६३ र बागेश्वरी ल्यावमा २४ नमूना परीक्षण गर्दा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार पाँच सय १६ पुगेको छ ।