रोयल र नेपालगन्ज स्र्पाेटिङ क्लब फाइनलमा

नेपालगन्ज : नेपालगन्ज स्र्पाेटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल र नेपालगन्ज स्पोटिङ क्लब फाइनलमा पुगेका छन् ।
आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पाेटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर वैकल्पिक खेलाडी विभुषण केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पाेटिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा विभुषणले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गतेसम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।