बाँकेमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा बुधबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा १७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा र बागेश्वरी ल्याबमा चार चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ५ सय ५९ पुगेको छ । एन्टिजेनबाट कोरोना परीक्षण गर्दा बुधबार जमुनाह नाकामा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।