नेशनल प्याब्सनद्वारा १५ जना शिक्षकलाई सम्मान

रमेशकुमार यादव । शम्शेरगन्ज
नेशनल प्याब्सन बाँकेले १५ जना सम्मान गरेको छ ।
नेशनल प्याब्सनको २४औं स्थापना दिवसको राप्ती सोनारी इकाइ समितिले मंगलबार राप्तीसोनारीको ८ शम्शेरगन्जको वन तथा वातावरण संरक्षण सभा हलमा आयोजना गरेको कार्यक्रममा लकाडाउनको बेलामा पनि शिक्षण सिकाइ गर्ने उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो ।सागरदत्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्यामबहादुर कुवँर प्रमुख अतिथि, सचिव झलक ओली, कोषाध्यक्ष लोकराज डाँगी, सदस्य कुलबहादुर केसीलगायतले शिक्षाको सुधारका विषयमा धारणा राखेका थिए । जिल्लाको राप्तीसोनारी गाउँपालिका मात्र त्यस्तो एक स्थानीय तह हो जसमा संस्थागत विद्यालयहरु नेशनल प्याब्सनमा पूरै आबद्ध छन् । राप्तीसोनारी गाउपालिका मात्र त्यस्तो एक स्थानीय तह हो जसमा संस्थागत बिधालयहरु नेशनल प्याब्सनमा पुरै आबद्ध छ।