जिप्रकाका थुनुवालाई ५० थान कम्मल वितरण

जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेका थुनुवाहरुलाई कम्मल वितरण गरिँदै । फोटो सौजन्य : जिप्रका बाँके

नेपालगन्ज : जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेका थुनुवाहरुलाई ५० थान कम्मल सहयोग गरेको छ ।
केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार चिसोले थुनुवाहरु बिरामी पर्न थालेपछि बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको पहलमा कम्मल वितरण गरिएको हो । केन्द्रले यसअघि रेडक्रस सोसाइटी बाँके मार्फत बाँके कारागारका कैदीबन्दीलाई पनि ३० थान कम्मल हस्तान्तरण गरेको हो । केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवाली भन्छन्, चिसोबाट प्रभावित व्यक्तिको प्रभाव विश्लेषण गरेर चिसोबाट अति जोखिममा रहेका व्यक्तिलाई वितरण गर्ने उद्देश्यले यो ६०० थान कम्मल खरिद गरिएको हो ।