बर्दियामा ब्राउन सुगरसहित ४ जना पक्राउ

गुलरिया : बर्दिया प्रहरीले ठूलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिकाका विभिन्न स्थानबाट १२.३ ग्राम ब्राउन सुगरसहित २८ पुसमा बढैयाताल–२ बाट बाँकेको खजुरा गाँउपालिका २ का ३३ वर्षिय दिवश भण्डारी र वडा नम्वर ५ का २१ वर्षिय विशाल परियार पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर र २ थान मोबाइल सेट बरामद गरिएको जिप्रका बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै, २९ पुसमबढैयाताा ल–७ बाट दैलेख गुँरास गाउँपालिका–३ का ३० वर्षिय तुलाराम शर्मा ७ ग्राम ४४० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनको साथबाट एक एक थान मोटरसाइकल र मोबाइलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए । बिहीबारर नै बढैयाताल ८ बाट गुलरिया–४ का २० वर्षिय विपन सुनार ३ ग्राम ४६० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनको साथबाट एक एक थान मोटरसाइकल र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरु चारै जनालाई लागू औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।