कैलालीको बैदीमा भेटियो लोपोन्मुख अजिङ्गर

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ७ बैदीका देवीलाल ओलीको घरमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । अजिङ्गरलाई लोपोन्मुख सरिसृपको रुपमा राखिएको छ ।
ओलीको पूरानो भत्किएको घरमा करिब दुई मिटर लामो १० किलो ग्राम तौलको अजिङ्गर फेला परेको हो । स्थानीय, सामुदायिक वनका प्रतिनिधि र प्रहरीको रोहवरमा अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा छाडिएको प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । बस्तीमा भेटिएका अजिङ्गरलाई स्थानीयले यसअघि पनि सत्ती कर्णाली सामुदायिक वनमा छोडेका छन् । यो वनलाई अजिङ्गरको बासस्थानको रुपमा मानिन्छ ।