राप्ती नदीको तटबन्ध भत्कियो, वर्षायाम अघि मर्मत गर्न माग

रमेशकुमार यादव । झगडिया
बाँकेको राप्तीसोनारी गाउपालिका ७ झगडियामा राप्ती नदीको बाँध भत्किएको छ ।
स्थानीय दुर्गा पाण्डेका अनुसार नेपाल राष्ट्रिय आधारभूत विधालय खाल्ला झगडिया नजिकै रहेको राप्ती नदीको तटबन्ध र बाँध बाढीले कारण भत्किएको हो। जेठ महिनाभित्र मर्मत भएन भने झगडिया, गेदावा, फत्तेपुर ,सोनपुर्वा र नरैनापुर गाउँपालिकाको मटेहिया गाउँमा बाढी पस्ने खतरा रहेको पाण्डेले बताए । सो क्षेत्रमा यसअघि नै सयौं बिगाहा जग्गा राप्ती नदीको कटान र डुबानमा परिसकेको छ ।

 

भत्किएको तटबन्ध मर्मत गर्नका लागि झगडियावासीले माग सरकारसँग माग लिखित माग गरेका छन् र राप्तीसोनारी ७ को वडा कार्यालयले पनि मर्मतको माग गर्दै सिफारिस गरेको छ । तर अहिलेसम्म पनि मर्मत सुरु भएको छैन। यसअघि राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रमुख जिल्ला अधिकारीले तटबन्ध मर्मत गराउने प्रतिबद्धता जनाएका थिए ।