खाडीमा काम गर्न गएका युवाद्वारा धनसिंहपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

मानबहादुर ठकुल्ला । टीकापुर
धनसिंहपुर प्रवासी युवा समितिले धनसिंहपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ ।
कैलालीको टीकापुर ८ का प्रवासी युवाहरुको संगठन धनसिंहपुर प्रवासी युवा समितिका ले मंगलबार स्वास्थ्य चौकीलार्इ एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
समितिका अध्यक्ष ओमबहादुर साउँदको अध्यक्षतामा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो । रोजगारीको सिलसिलामा खाडीका विभिन्न देशमा रोजगारीका लागि गएका साविक धनसिंहपुर गाविसका युवाहरुले एम्बुलेन्स खरिदका लागि अध्यक्ष साउँदसहितका २२ जनाले ११ लाख ७६ हजार ५५ सहयोग गरेका थिए ।