सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै

नेपालगन्ज : हिन्दु धर्मालम्वीहरुले विद्याकी देवी सरस्वतीको पूजा गरेर आइतबार श्रीपञ्चमी पर्व मनाउँदैछन् । विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा श्रीपञ्चमी मनाइन्छ ।

सरस्वती मन्दिर र विद्यालयमा सरस्वतीको प्रतिमा स्थापना गरेर पूजा गरिन्छ । आजकै दिनदेखि बालबालिकाहरुलाई शिक्षारम्भ गर्ने पनि गरिन्छ । कतिपयले शिशुको नाक, कान छेडाउनका लागि पनि श्रीपञ्चमी पर्व पर्खेर बसेका हुन्छन् ।