२ लाख ४० हजार रुपैयाँ बराबरका अबैध ब्रोइलर कुखुरा बरामद
नेपालगन्ज : बाँके प्रहरीले भारतबाट तस्करी गरेको दुई लाख ४० हजार रुपैयाँ बराबरको ब्रोइलर कुखुरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार बिहान जानकी गाउँपालिकाको वडा नं. २ नेवाजी गाउँ नजिक तीन वटा मोटरसाइकलमा ल्याउँदै गरेका ३०० वटा ब्रोइलर कुखुरा बरामद गरिएको हो । प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले नेपालगन्ज ल्याउँदै गरेको कुखुरा बरामद गरेको हो । आवश्यक कारबाहीको लागि कुखुरा पशु क्वारेनटाइन तथा भन्सार कार्यालय नेपालगन्जमा पठाइएको जिप्रका बाँकेले जनाएको छ ।