बर्दियामा राष्ट्रपति शैक्षिक सुधारका नाममा ठगी, एकजना पक्राउ

गुलरियाः बर्दियामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी ठगि गरेको पाईएको छ । कार्यक्रम अन्तगर्त सप्लाई एण्ड लाईब्रेरी प्रोजेक्टको नामवाट विभिन्न बिद्यालय तथा संघसंस्थालाई विद्युतीय तथा स्टेसनरी सामाग्री बिक्री गरी ठगी गरेको पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उक्त परियोजनावाट सहुलियतमा सामान उपलब्ध गराउने भन्दै गुणस्तरहिन सामान उच्च मुल्यमा बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको पाईएको हो । ठगी सम्बन्धी सूचना पाएको प्रहरीले सोमबार सामान बिक्रि गरीरहेको अवस्थामा गुलरियाको बंगलामुखी माविवाट एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२५ कास्कीका ३९ वर्षिय प्रकाश बराल क्षेत्रीरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । प्रहरीले क्षेत्रीको साथबाट नगद रु १ लाख ९२ हजार, विभिन्न बैंकको चेक ३ वटा, प्रिन्टर, कम्प्युटरको मनिटर, सिपियु लगाएत दजर्नौ सामाग्री बरामद गरेको जनाएको छ ।